बस्नेतले छोडेपछि पाण्डे निर्विरोध
नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।
घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै उनी निर्विरोध भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।
एकीकृत समाजवादीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १८ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । डेढ महिनाअघि काठमाडौँ सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत गरेको थियो ।
बाँकी पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन गर्न चुनाव हुन लागेको हो । केन्द्रीय सदस्य मतदाता रहने निर्वाचनमा आजै मतदान हुँदैछ ।
टिप्पणीहरू