प्रधानमन्त्रीसँग ओमानी विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानी विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीको शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।
सो अवसरमा दुई पक्षीय हित, चासो एवम् पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको निमन्त्रणामा विदेशमन्त्री औपचारिक भ्रमणका क्रममा हिजो अपरान्ह काठमाडौं आउनुभएको हो ।
टिप्पणीहरू