रुसी कम्युनिष्ट पार्टीको निम्तो मान्दै माधव नेपाल

रुसी कम्युनिष्ट पार्टीको निम्तो मान्दै माधव नेपाल
सुन्नुहोस्

रुसको राजधानी मस्कोमा कम्युनिष्ट पार्टीहरुको भेला हुन लागेको छ ।  भेलामा नेपाली वामपन्थी नेताहरुको पनि सहभागिता रहनेछ ।

मस्को जाने टोलीमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि रहेको बुझिएको छ । 

तत्कालीन सोभियत संघमा राजनीतिक दलको नाममा कम्युनिष्ट पार्टीको एकल सत्ता थियो । साढे तीन दशकअघि सोभियत संघको विघटनसङ्गै रुसी महासंघमा कम्युनिष्ट पार्टी सक्रिय छ । त्यहाँको संसद डुमामा अहिले पनि कम्युनिष्ट पार्टी दोस्रो ठूलो दलको भूमिकामा छ ।

सन् १९९३ फेब्रुअरी १४ मा स्थापित रुसी कम्युनिष्ट पार्टीका महासचिव ८० वर्षे गेन्नाडी ज्युगानोभ हुन् । उनी संसदमा विपक्षी दलका नेता तथा पार्टीको संसदीय दलका नेतासमेत हुन् ।

४५० सदस्यीय डुमामा कम्युनिष्ट पार्टीका ५७ जना सांसद छन् । मुलुकभरका ८५ जना गभर्नरमध्ये तीन जना सोही पार्टीका हुन् । हालै दिइएको जानकारीअनुसार रुसी कम्युनिष्ट पार्टीको सदस्य संख्या पाँच लाख हाराहारी छ ।

टिप्पणीहरू