मुद्दा बलात्कारको, आदेश बिहेको

मुद्दा बलात्कारको, आदेश बिहेको

वकिलद्वारा वकिलमाथि नै बलात्कार मुद्दा ! काठमाडौं जिल्ला अदालतमा भर्खरै टुंगिएको प्रकरण हो यो । अरुको मुद्दा लड्ने वकिल आफू समान पेशामा रहेका युवकबाट बलात्कृत भएको भन्दै न्याय माग्न अदालत जाँदा श्रीमानले पीडित र आरोपितबीच वैवाहिक सम्बन्ध कायम गरिदिएका छन् । 

सहकर्मी र नातेदारबाटै किशोरीहरू बलात्कृत हुने गरेका घटना त बेलाबखत बाहिर आइरहन्छन् । तर, सहकर्मी वकिलबाट महिला वकिल बलात्कृत भएको घटना भने बिल्कुलै नयाँ हो । रोचक प्रसंग त के भने, अदालतले आरोपित पुरुषलाई पीडितसँग वैवाहिक बन्धनमा जोडिदिएको छ । दुई महिनाअघि चितवनकी शोभा अधिकारीले नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनको सदस्यसमेत रहेका बाग्लुङे वकिल आशिष पौडेलद्वारा आफू बलात्कृत भएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । 

उनले बहस गरिदिन भन्दै ठाउँठाउँमा दिएको निवेदनमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा मलाई आशिष पौडेलले विभिन्न मितिमा जबरजस्ती करणी गरेकोले सिंहदरबार वृत्तमा २०८१–२–४ गते जाहेरी दिएकी छु । मलाई कानुनी सल्लाह र बहस पैरवीका लागि सहयोग गरिदिन हुन यो निवेदन गर्दछु ।’

उक्त निवेदन परेपछि तरंग मच्चियो । वकालत पेशाका उनीहरू ‘लिभिङ टुगेदर’ मा थिए । दुईजनाको सम्बन्धबारे बारका सम्पूर्ण पदाधिकारी जानकार थिए । त्यसैले बारले यसमा कसैको पक्षबाट नलड्ने निर्णय गर्‍यो । यता, आशिषले पनि त्यही बेला शोभाविरुद्ध हनिट्रयापको मुद्दा हाले । प्रहरीले आशिषलाई केही दिन नियन्त्रणमा राखेपछि अदालतले उनलाई पाँच लाख रूपैयाँ धरौटीमा छाडिदियो । ‘उनीहरू श्रीमान्–श्रीमतीझैं बसेका थिए । आशिष बाहिर पनि रिलेशन राख्दै हिँड्ने भएपछि उनले बलात्कारको मुद्दा हालेकी रहिछन् ।

यसले गर्दा अदालतमा रमिता नै भयो ! एउटाले मुद्दा हालेपछि अर्कोले पनि हाल्यो । बहस भयो, आशिष समातिए । अदालतले उनलाई धरौटीमा छोडेको छ’,स्रोतले भन्यो । अदालतले उनीहरूको सम्बन्धलाई विवाहको नाम दिएपछि अहिले युद्धबिरामको स्थिति छ । अदालत स्रोत भन्छ, ‘वैवाहिक सम्बन्ध कायम भएपछि कुराकानी राम्रै देखिएको छ । अहिले शोभाको फेसबुक वालभरी लाइफलाइनलगायतका पोष्ट देख्न सकिन्छ । केही समयअघि श्रीमान्को ब्याग बोकेर सिंहदरबारतिर कुदिरहेकी थिइन् ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू