चिकित्सकहरुको अनिश्चितकालीन हड्तालपछि बंगलादेशमा उपचार सेवा ठप्प

चिकित्सकहरुको अनिश्चितकालीन हड्तालपछि बंगलादेशमा उपचार सेवा ठप्प
सुन्नुहोस्

राजधानी ढाकामा एकजना चिकित्सकको मृत्युपछि बंगलादेशमा अनिश्चितकालीन आमहड्ताल घोषणा गरिएको छ । ढाका मेडिकल कलेज अस्पताल–डीएमसीएचमा अध्ययनरत विद्यार्थी चिकित्सकको मृत्युको विरोधमा चिकित्सकहरुले उक्त घोषणा गरेका हुन् ।

चिकित्सकको आमहड्तालपछि मुलुकभरका सरकारी तथा निजी अस्पतालको सेवा ठप्प छ । ती चिकित्सकको आक्रमणमा ज्यान गएको बताइएको छ । आन्दोलनकारीहरूले आक्रमणकारीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।

चिकित्सकहरुले चार बुँदे माग राखेका छन् । चिकित्सकहरुको आन्दोलनमा नर्सहरुसमेत मिसिएका छन् । आन्दोलनकारीहरुले सेवा सुचारु गर्न सबै स्वास्थ्य सेवा केन्द्रमा सशस्त्र ‘स्वास्थ्य प्रहरी’ तैनाथ गर्न सरकारलाई सुझाएका छन् ।
 

टिप्पणीहरू