दुई ऐनमा तत्काल संशोधनको प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

दुई ऐनमा तत्काल संशोधनको प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन निर्देशन दिनुुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुुखहरुसहित हिजो साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुुकुल र वस्तुनिष्ट बनाउनुपर्ने बताउनुुभएको छ ।

उहाँले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानोदेखि माथिल्लो तहसम्मको सुविधालाई ध्यानमा राखेर प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ । दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गर्नुभएको छ । ती विधेयक संसदमा पेस गर्ने विषय सरकारको सय दिनको प्राथमिकतामा परेको बताइन्छ । 

छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गर्नुभयो ।

टिप्पणीहरू