काँग्रेसको साहित्य विभागमा १० जना थपिए

काँग्रेसको साहित्य विभागमा १० जना थपिए
सुन्नुहोस्

नेपाली काँग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेको विभागमा १० सदस्य मनोनयन गर्नुभएको हो । 

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

सदस्यमा अछामका यज्ञराज उपाध्याय, काठमाडौंका राजेन्द्र खत्री, काभ्रेपलाञ्चोकका रविन्द्र खड्का, चितवनका रमेश कोइराला, दाङका चन्द्र शर्मा, तनहुँका सरोज भण्डारी, ललितपुरका रिसवदेव घिमिरे, सिरहाका शान्ति सदा, पाँचथरका देशु सुहाङ्ग, दैलेखका गणेश हमाल मनोनित भएका छन् ।

टिप्पणीहरू