होटलमा बसेका विदेशीसँग न पासपोर्ट न भिसा

होटलमा बसेका विदेशीसँग न पासपोर्ट न भिसा

पासपोर्ट र भिसाबिना बस्दै आएका एक बंगलादेशी नागरिक वीरगञ्जमा पक्राउ परेका छन् । बंगलादेशको सिलेट होवीगञ्ज होल्डिङ नम्बर ७७७ ठेगाना भएका २९ वर्षीय महमद सहादत हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वलक्षित स्थानीय होटल अनुगमनको क्रममा उनलाई वीरगञ्ज–१६, बसपार्कस्थित आर्यन होटल एंण्ड लजबाट नियन्त्रणमा लिएको हो ।

उनीसँग पासपोर्ट, भिसालगायत आवश्यक कागजात नरहेकाले आवश्यक कारबाहीका निम्ति वीरगञ्जस्थित अध्यागमन कार्यालय पठाइएको छ ।

टिप्पणीहरू