माओवादीले बोलायो संसदीय दलको बैठक

माओवादीले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ । 

आज दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने तय भएको हो । बैठकमा संवैधानिक परिषद्, उपसभामुख हटाउन सत्तारुढ दलले गरेको तयारी, संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । 

आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ । परिषदसदस्य समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो यसबारे छलफल गर्नुभएको थियो ।

टिप्पणीहरू