भत्काएर बनाउने क्रममा घरधनीको मृत्यु, ११ जना घाइते

भत्काएर बनाउने क्रममा घरधनीको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउनेक्रममा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बजारमा घर भत्काउँदा घरधनी ५५ वर्षीय बेगबहादुर विकको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार घर भत्काउने क्रममा ११ जना मजदुर घाइते भएका छन् । विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको हो ।

घर भत्काएर बनाउने क्रममा उनीहरु पुरिएका थिए । तीमध्ये एक जनाको ज्यान  गएको हो ।
 

टिप्पणीहरू