प्रधानमन्त्रीको सम्बोधनमा माओवादीले अवरोध नगर्ने

प्रधानमन्त्रीको सम्बोधनमा माओवादीले अवरोध नगर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आज सदन अवरोध नगर्ने भएको छ । 

प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले अवरोध हटाउने जानकारी दिएको हो । प्रमुख सचेतक हितराज पाण्डेले 'हिँसा' शब्दप्रति आफूहरुको बिमत्ति कायम रहेपनि आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले सदन चल्न दिने निश्कर्षमा पुगेको बताए । 

पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेशकुमार भट्टराईले भदौ १२ को प्रतिनिधिसभा बैठकमा माओवादी जनयुद्धलाई 'हिंसा’ को संज्ञा दिएका थिए । त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्दै माओवादीले संसद अवरोध गर्दै आएको थियो । 

आज प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेर संसद् अधिवेशन नै अन्त्य हुँदैछ । हिजोको क्याविनेट बैठकले आज राति १२ बजेदेखि संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू