अधिवेशन अन्त्यको शीतल निवासमा दस्तखत, बानेश्वरमा वाचन

अधिवेशन अन्त्यको शीतल निवासमा दस्तखत, बानेश्वरमा वाचन

प्रतिनिधि सभााको बर्खे अधिवेशन आज मध्यरातिबाट अन्त्य गरिएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरिले राष्ट्रपति कार्यालयको पत्र पढेर बैशाख २८ गतेबाट सुरु भएको चौथो अधिवेशनको अन्त्य भएको जानकारी गराउनु भएको छ । 

सभामुख घिमिरेका अनुसार यस बीचमा ५३ दिनमा ५६ वटा बैठक बसेको छ । दुई सय छ घण्टा संसदीय काम कारबाहीमा र तीन घण्टा ५५ मिनेट संयुक्त बैठकमा व्यतित भएको छ । 

यो अवधिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत, विनियोजन विधेयक पारित, मानव शरिर जलन नियन्त्रण तथा सजाय विधेयक दर्तालगायतका महत्वूपर्ण कामहरु भएको जानकारी दिइएको छ ।

यसअघि सरकारले संसदको बर्खे अधिवेशन अन्त्यका लागि गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान स्वीकृत गर्नुभएको थियो । सोही पत्र सभामुखले प्रतिनिधि सभाको बैठकमा पढेर सुनाउनुभएको हो ।

टिप्पणीहरू