सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

सुन्नुहोस्

सरकार गठनको साढे दुई महिनापछि सत्तारुढ गठबन्धनले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साझा न्यूनतम कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएका हुन् । कांग्रेसको तर्फबाट मस्यौदा टोलीका सदस्यसमेत रहेका उनले आज काठमाडौँमा आयोजित शिक्षासम्बन्धी एक कार्यक्रममा यसबारे चर्चा गरे । 

सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको थापाले बताएका छन् । दशैँ तिहारलगत्तै शुरु हुने संसदको हिउँदे अधिवेशनको प्रारम्भमै ऐन पारित गर्नेगरी अघि बढ्ने सरकारको तयारी रहेको उनको दावी छ । 

'आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन । संसदले सँगै काम गर्नुपर्छ', थापाले भने । 

उनले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।

टिप्पणीहरू