कन्सर्टमा प्रधानमन्त्रीको संक्षिप्त सम्बोधन

कन्सर्टमा प्रधानमन्त्रीको संक्षिप्त सम्बोधन
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली ‘नेसनल डे कन्सर्ट’मा सहभागी हुनुभएको छ । उहाँ पत्नी राधिका शाक्यसहित भर्खरै कन्सर्टस्थल दरबारमार्ग पुगेर फर्कनुभएको छ । कन्सर्टमा प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गर्दै सबैमा संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि कन्सर्टमा सहभागी हुनुभएको छ । 

दिउँसो साढे ४ बजेदेखि शुरु कन्सर्टमा हालसम्म देविका बन्दना, कुन्ती मोक्तान, सुवानी मोक्तानसहित कलाकारहरुले प्रस्तुती दिइसकेका छन् । अझै आधा दर्जन कलाकारको प्रस्तुती बाँकी रहेको बताइएको छ ।

टिप्पणीहरू