संविधान संशोधनविरुद्ध प्रतिवाद गर्ने झलनाथको चेतावनी

संविधान संशोधनविरुद्ध प्रतिवाद गर्ने झलनाथको चेतावनी

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानभित्रका समाजवादी पक्षलाई तल-माथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले संविधान संशोधनको नाममा प्रगतिशील पक्षलाई हटाउन खोजे सह्य नहुने प्रष्ट पार्नुभयो । संविधान सम्झौताको दस्तावेज भएकाले संख्याको बलमा संशोधन हुन नसक्ने जिकिर गर्दै उहाँले त्यस्तो प्रयास गरिए आन्दोलनमा उत्रने घोषणा पनि गर्नुभयो । 

संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन भने आवश्यक रहेकोमा नेता खनालको जोड छ । कांग्रेस र एमालेलाई चेतावनी दिँदै उहाँले भन्नुभयो, 'यदी त्यो संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुरालाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरिन्छ भने त्यसले यो देशमा अर्को जनआन्दोलन निम्त्याउनेछ । दुईटा ठूला पार्टीहरुले आशा नगरेपनि हुन्छ । त्यो संविधान त्यसरी संशोधन गर्न हामी दिँदैनौँ ।’

पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको पनि बताउनुभएको छ ।

टिप्पणीहरू