फिफा अध्यक्ष नेपाल आउँदै, भ्रमण तालिकामा छैन बास

फिफा अध्यक्ष नेपाल आउँदै, भ्रमण तालिकामा छैन बास

फुटबल खेलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने कार्यक्रम तय भएको छ । उनी असोज २१ गते बिहान काठमाडौं आएर सोही दिन राति फर्कने बताइएको छ ।

अखिल नेपाल फुटवल संघ स्रोतका अनुसार अध्यक्ष इन्फान्टिनोले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधामन्त्री केपी शर्मा ओली, खेलकुद मन्त्री तेजुलाल चौधरीलाई भेट्ने कार्यक्रम लगभग निश्चित गरिएको छ । उनको भ्रमण तालिकाबारे औपचारिक रुपमा केही बताइएको छैन ।

फिफा अध्यक्षले १२ वर्षपछि नेपाल भ्रमण लागेका हुन् । यसअघि सन २०१२ मा तत्कालीन अध्यक्ष सेप ब्लाटर नेपाल आएका थिए ।

टिप्पणीहरू