पैसा उठाउन ठेकेदारहरुको दिनहुँ डेलिगेसन

पैसा उठाउन ठेकेदारहरुको दिनहुँ डेलिगेसन
सुन्नुहोस्

नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ । 

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले शहरी विकास मन्त्रीसमेत रहेका सिंहलाई भेटेर भुक्तानी माग्दै ज्ञापनपत्र बुझाएको हो । 

भुक्तान हुन बाँकी रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको महासंघले जनाएको छ । त्यसक्रममा निर्माण क्षेत्रका अन्य समसामायिक समस्याबारे पनि जानकारी गराएको बताइएको छ । 

जवाफमा कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण उद्योगको समस्या समाधान गर्न ऐन तथा नियमावली संशोधन विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको महासंघले बताएको छ । भुक्तानीको अभावमा काम गर्न नसकेको भन्दै हिजो पनि महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाएको थियो ।

टिप्पणीहरू