क्वालालम्पुरबाट आएका यात्रु विमानभित्रै बेहोस
मलेसियन एअरलाइन्सबाट काठमाडौं आएका एकजना यात्रु विमानको सिटमा बेहोस अवस्थामा फेला परेका छन् ।
गएराति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उडान नम्बर एमएच ११४ विमानका यात्रु कविरमान भारतीलाई तत्काल प्राथमिक उपचारपछि अस्पताल पुर्याइएको बुझिएको छ ।
पाँचथर निवासी राहदानी नम्बर २५३४६३९ का ४६ वर्षे भारतीलाई विमानका कर्मचारीले सिटमा बेहोस अवस्थामा देखेपछि आगमन कक्षको अध्यागमन नजिकै ल्याएका थिए ।
ह्याम्स अस्पतालको मेडिकल युनिटले प्राथमिक उपचारपछि एम्बुलेन्समा राखेर नजिकैको काठमाडौं मेडिकल कलेजमा पुर्याएको थियो ।
टिप्पणीहरू