पुरिएको माइक्रो बसमा दुई वटा शव,ड्यामको ढोका खोल्दा घर तहसनहस

पुरिएको माइक्रो  बसमा दुई वटा शव,ड्यामको ढोका खोल्दा घर तहसनहस

थानकोट नजिकैको झ्याप्ले खोला नजिकै पुरिएको माइक्रो बसबाट दुई वटा शव निकालिएको छ । बुटवलबाट काठमाडौं आइरहेको बस धादिङको झ्याप्ले खोला नजिकै पहिरोमा पुरिएको थियो । बसमा १३ जना सवार रहेको बताइन्छ । 

आज बिहानीपख कुलेखानी ड्यामको दुई वटा ढोका खोल्दा मकवानपुरको सिस्नेरीका ३० वटा घरमा क्षति पुगेको स्थानीयको भनाइ छ ।

अस्तिदेखिको लगातारको वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परेर ६६ जनाको निधन भएको छ । धेरै वटा राजमार्ग र सडकमा क्षति पुगेको छ । बेपत्ता,घाइते र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

टिप्पणीहरू