बाढी र डुबानले महँगा आवासीय क्षेत्र पनि चुर्लुम्म

बाढी र डुबानले महँगा आवासीय क्षेत्र पनि चुर्लुम्म

तीन दिनदेखि लगातार परेको वर्षाका कारण राजधानी उपत्यकाका तीन वटै जिल्लाका धेरैजसो होचो स्थान डुबानमा परेको छ । मुलुकभर ६६ जनाको ज्यान गएको छ भने, राजधानीमा मात्रै ३६ जनाको निधन भएको बताइन्छ । 

काठमाडौं,ललितपुर र भक्तपुरका होचा स्थान र नदी किनारका घरहरु डुबानमा परेका छन् । त्यसमध्ये ललितपुरको इमाडोलस्थित डाउनटाउन रेजिडेन्सीमा पनि बाढी पसेको छ ।

‘भुईं तल्ला सफा गर्नुपर्ने भएको छ । महँगो कार्पेट र पार्केट त्याग गर्नुपर्ने छ । योभन्दा खराब अवस्था भूमिगत पानी ट्याङ्की प्रदुषित भएको छ । बत्ति नभएकाले मोबाइल चार्ज गर्न समस्या परेको छ । तर पनि वर्षा रोकिने आशमा बस्नुको विकल्प छैन ।’ 

बेमौसमको वर्षा भन्दै चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर रत्नराज बज्राचार्यले उक्त कोलोनीमा रहेको आफ्नोलगायत सबैजसो घरको भुईंतल्ला डुबेको सामाजिक सञ्जालमा लेखेका छन् । प्राकृतिक विपतमा आफूहरुले केही पनि गर्न नसक्ने भन्दै बज्राचार्यले लेखेका छन्, ‘भुईं तल्ला सफा गर्नुपर्ने भएको छ । महँगो कार्पेट र पार्केट त्याग गर्नुपर्ने छ । योभन्दा खराब अवस्था भूमिगत पानी ट्याङ्की प्रदुषित भएको छ । बत्ति नभएकाले मोबाइल चार्ज गर्न समस्या परेको छ । तर पनि वर्षा रोकिने आशमा बस्नुको विकल्प छैन ।’

टिप्पणीहरू