झ्याप्ले खोला अपडेट : २९ जनाको शव निकालियो

झ्याप्ले खोला अपडेट : २९ जनाको शव निकालियो

धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोले पुरिएका २९ जनाको शव निकालिएको छ । 

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कुमार न्यौपानेले अहिलेसम्म २९ वटा शव फेला परेको जानकारी दिएका हुन् । ती शव विंगर भ्यान र बसभित्रबाट निकालिएको उनले बताए । 

झ्याप्ले खोलामा हिजो आएको पहिरोमा परेर गाडीसहित यात्रु पुरिएका थिए । गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बससहित विंगर भ्यान र मिनी बस पहिरोमा पुरिएको अनुमान गरिएको छ । 

अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीसहितको टोली उद्धार कार्यमा खटिएको छ ।

टिप्पणीहरू