अलपत्र यात्रु र एम्बुलेन्सलाई सुरुङमार्गबाट ल्याइयो

अलपत्र यात्रु र एम्बुलेन्सलाई सुरुङमार्गबाट ल्याइयो

बाढीपहिरोपछि धादिङस्थित पृथ्वी राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याइएको छ । सडक बिभाग र चन्द्रागिरि नगरपालिकाको सक्रियतामा यात्रुहरुको उद्धार गरिएको जनाइएको  छ । ।

नगरपालिकाले उपलब्ध गराएको बसबाट यात्रुलाई सुरुङमार्गबाट काठमाडौं ल्याइएको छ । त्यसैगरी दुध बोकेका ट्यांकर र कुखुरा बोकेका सवारी साधनलाई पनि सुरुङबाट काठमाडौं ल्याइएको छ ।

धादिङको सिस्नेखोलादेखि काठमाडौंको बलम्बुसम्म बनाइएको सुरूङमार्गबाट बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई पठाइएको हो । हिजो पनि एक हजार बढीको त्यसरी उद्धार गरिएको थियो ।

टिप्पणीहरू