भन्सार छलेर भारतबाट ल्याइयो छ सय बोरा चिनी

भन्सार छलेर भारतबाट ल्याइयो छ सय बोरा चिनी

पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याइएका छ सय बोरा चिनी बरामद गरिएको छ । सशस्त्र प्रहरीले उक्त परिमाणको चिनीसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त चिनी भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकमा फेला परेको हो । बर्दघाट नगरपालिका–२ चिसापानीमा सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणको टोलीले गरेको ट्रक खानतलासीमा चिनीसँगै भन्सार छलिएको मोबाइल र अन्य सामानसमेत भेटिएको छ ।

नजिकैको महेशपुर भन्सार कार्यालय पठाइएको ट्रक र चिनीबार थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू