बाढी र डुबानपछिको बागमती (फोटो फिचर)

बाढी र डुबानपछिको बागमती (फोटो फिचर)

शुक्रबार दिउँसोदेखि शनिबार रातिसम्म उर्लेर आएका उपत्यकाका सबैजसो नदी र खोलाले मच्चाएको विध्वंशको स्वरुप देखिन थालेको छ । बागमती नदीले राजधानीमा ठूलो धनजनको क्षति पुर्याएको छ । बाढीले सडक, पुल, पार्क, सतललगायत धेरै संरचना क्षतिग्रस्त बनाएको छ ।  

क्षतिले नदी किनारका बस्तीबारे राजनैतिक ध्रुवीकरणलाई पुनः सतहमा ल्याएर समाजको दैनिकीमा समेत प्रश्न छाडिदिएको छ ।

हिजो र आज नदीमा बहाव कम भएसँगै बागमतीले आफुमा समाहित फोहोरलाई एकातिर डुंगुर लगाइदिएको छ । यी फोहोर हामी मानवका लागि नदीले ऐना बनाएर छाडिदिएको छ । खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले ती फोहोर यत्रतत्र देखिन्छन् ।

सप्तकोशीमा प्लाष्टिकका बोतलहरु बाँधमा अड्किएझैं काठमाडौं उपत्यकाका खोला किनारका फोहोरले सबैलाई गिज्याएको छ ।

तस्बिरहरु

टिप्पणीहरू