हाइटेन्टसन लाइनको पोल ढलेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

हाइटेन्टसन लाइनको पोल ढलेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा पोल ढलेको छ । 

साँझ सवा ५ बजे राजमार्ग छेउमा रहेको हाईटेन्सन लाइनको पोल ढल्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमले जनाएको छ । 

प्रहरीका अनुसार पोल ढलेको ठाउँमा सडक भासिएकाले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक मर्मतका निम्ति सडक डिभिजन कार्यालय र विद्युत प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू