बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई महासंघको एक लाख

बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई महासंघको एक लाख

नेपाल उद्योग वाणिज्य महासंघले बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँ राहत रकम प्रदान गर्न लागेको छ । जिल्ला उद्योग वाणिज्य संघमार्फत् अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने निर्णय भएको महासंघले जनाएको छ । 

महासंघले आफ्ना सदस्य, उद्यमी, व्यवसायीहरुलाई पनि सहयोगका निम्ति आह्वान गरेको छ । जारी विज्ञप्तिमा उल्लेख छ, ‘विपद्को यस समयमा आआफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्यलगायत सदस्य जिल्ला नगर उद्योग वािणज्य संघ, वस्तुगत संघ, एसोसिएट एंव द्विराष्ट्रिय संघ एवम् सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गर्दछ ।’

बाढीपहिरोका कारण यातायात अवरुद्ध भएकाले अत्यावश्यकीय सामानलगायतको आपूर्तिका लागि सक्रिय रहन महासंघले आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ । साथै, उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएकाले त्यस्ता सामग्री यथासम्भव सम्बन्धित निकायलाई उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

टिप्पणीहरू