एमाले नेताहरु आज पनि बसेरा होटलमा जुट्दै

एमाले नेताहरु आज पनि बसेरा होटलमा जुट्दै

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । बैठक बिहान ११ बजे सिंहदरबारको दक्षिण गेट सामुन्नेको बसेरा होटलमा राखिएको बुझिएको छ । यस पटक पार्टी कार्यालयको भुईं तल्ला डुबेको छ । अघिल्लो पटक पनि डुबानका कारण बैठक सोही होटलमा राखिएको थियो ।

आजको बैठकमा समसामयिक राजनीति, बाढीपहिरो र डुबान तथा राहतका विषयमा छलफल गर्न लागिएको बताइन्छ । 

एमालेले संसदीय दलको बैठक पनि आजै बोलाएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कृषि समितिको हलमा संसदीय दलको बैठक राखिएको बुझिएको छ ।

टिप्पणीहरू