मोदीको उपयुक्त समय

मोदीको उपयुक्त समय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउनोस् भनेर कतिचोटी डाकिसकियो, तर उहाँ आउनै मान्नु भएको हैन । भन्नुहुन्छ, अहिले फुर्सद छैन, समय मिलाएर आउँछु । जहिले पनि समय मिलाएर आउँछु मात्रै भन्ने तर यो समय मिल्नेचाहिँ कहिले हो थाहा छैन ।

उहाँ समय मिलाएर आउँछु भन्नुहुन्छ, यता प्रधानमन्त्री ओलीको समय भने गएको गयै छ । आखिर उहाँ त आलोपालोको प्रधानमन्त्री न हुनुहुन्छ । अहिले आलो छ, पालो आएपछि छोड्नुपर्छ । त्यही भएर मोदीजीले मिलाउँछु भनेको समय कहिले आउने हो, चाँडै थाहा हुनुपर्‍यो । 

समय मिलाउँछु भन्नुको अर्थ हुन्छ, उपयुक्त समय भएपछि आउँछु । अब यो उपयुक्त समय भनेको कहिले हो ? केपी ओली प्रधानमन्त्रीबाट हटिसकेपछि ? मोदीजीलाई निमन्त्रणा दिन अस्ति परराष्ट्रमन्त्री आरजु देउवा जानुभएको थियो । उहाँले कसरी निमन्त्रणा दिनुभयो थाहा भएन ।

ओलीपछि प्रधानमन्त्री बन्ने त शेरबहादुर देउवा हो । कतै परराष्ट्र मन्त्री देउवाले प्रधानमन्त्री देउवा भएपछि मात्रै नेपाल आउनु भनेर पो निमन्त्रणा दिनुभयो कि ? त्यसैले मोदीजीले देउवा प्रधानमन्त्री भएपछि मात्रै समय उपयुक्त हुने ठान्नुभएको हो कि ? 
 

टिप्पणीहरू