अंग्रेजीमा प्रतिवेदन

अंग्रेजीमा प्रतिवेदन

भूपू अमेरिकी नागरिक श्री रवि लामिछानेलाई अम्रिकन भाषा त राम्रै आउनुपर्ने हो । अमेरिका भनेको कुनै बेला उहाँको आफ्नै देश थियो । तर अहिले सहकारी छानबिनको प्रतिवेदनबारे उहाँको भनाइ देखेर लागिरहेको छ, अमेरिकन नागरिक भए पनि उहाँलाई अंग्रेजीचाहिँ नआउने रहेछ । छानबिन प्रतिवेदनमा प्रष्टै भनिएको छ, रवि लामिछानेलाई कारवाहीको सिफारिस गर्ने । तर लामिछानेले त्यसलाई अंग्रेजीमा अनुवाद गर्नुभएछ– रवि लामिछानेलाई क्लिनचिट् दिने । 

‘कारवाही गर्ने’ भन्ने वाक्यलाई ‘क्लिनचिट् दिने’ भनेर अनुवाद गरेको देखेर छानबिन समितिका सभापति झण्डै बेहोस भएनन् । अंग्रेजी आफूले नबुझेको हो कि लामिछानेले नबुझेको हो ? लामिछानेलाई राम्ररी अंग्रेजी नआएको भए पार्टीमा सुमना श्रेष्ठ हुनुहुन्छ, अंग्रेजी फररै बोल्ने । उहाँलाई अनुवाद गर्न लगाएको भए पनि हुन्थ्यो । अमेरिकाबाटै फर्केका डा. स्वर्णिम वाग्ले हुनुहुन्छ । ट्याउँट्याउँ बोलिरहने तोसिमा कार्की हुनुहुन्छ । अनुवाद गर्न लगाए हुने नि ! 

प्रतिवेदनलाई अब यही गतिमा पढ्दै जाने हो भने त त्यसलाई रवि लामिछानेलाई क्लिन चिट् दिएर सिन्दुर जात्रा गर्ने र आगामी संविधान दिवसमा नेपाल तारा वा त्यस्तै कुनै पदवी प्रदान गर्ने भनेर पढ्नुपर्ने हुन्छ । होइन त सभापति कमरेड ? 
 

टिप्पणीहरू