नेपाल र भुटानका भूतपूर्व राजाहरु भेटिँदै

नेपाल र भुटानका भूतपूर्व राजाहरु भेटिँदै

पूर्वराजा ज्ञानेन्द्र शाहको असोज २६ गते विजया दशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । उहाँको संवाद सचिवालयले पूर्वराजा र पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहले विजया दशमीका दिन निर्मल निवासमा अपरान्ह ४ बजे टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।

पूर्वराजा यतिबेला भुटानको तीन दिने भ्रमणमा हुनुहुन्छ । आफ्नी र भाइकी छोरीसहित हिजो बिहान काठमाडौंबाट पारो हुँदै ड्रुक एअरको उडानमा थिम्पु पुग्नुभएको हो ।

 
पारो अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्रलाई भुटानी राजपरिवारको विशिष्ट अतिथिको रूपमा अधिराजकुमारी पेमा ल्हादेन वांगचुकले स्वागत गरेकी थिइन् । त्यसपछि  कारकेडसहित थिम्पुको राजकीय अतिथिगृह पुर्याइएको थियो । अतिथिगृहमा शाही धर्मगुरूबाट अभिषेश र आर्शिवचन पनि प्रदान गरियो ।

भुटानमा जलवायु परिवर्तनको असरबारे बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनमा विश्व नेतालगायत पूर्व राष्ट्रप्रमुख,वातावरण एवम् प्रकृति विज्ञहरू,दातृ निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति छ । पूर्वराजा पनि उक्त कार्यक्रममा सहभागी हुने सम्भावना छ । सोही क्रममा भुटानी नरेशका पिता तथा पूर्वराजा जिग्मे सिग्मे वांङचुकसँग राजदरबारमा भेटघाट हुने कार्यक्रम छ ।

टिप्पणीहरू