लिङ्गदेनले राणाको जिम्मेवारी खोसेपछि राप्रपामा लफडा

लिङ्गदेनले राणाको जिम्मेवारी खोसेपछि राप्रपामा लफडा

पछिल्लो जिम्मेवारी हेरफेरलाई लिएर पूर्वपञ्चहरुको पार्टी राप्रपामा कचिङ्गल शुरु भएको छ । 

अध्यक्ष राजेन्द्र लिङ्गदेनले हिजो महत्वपूर्ण विभागीय जिम्मेवारी हेरफेर गरेका थिए । संस्थापनइतर खेमालाई कमजोर पार्न अध्यक्षले आफूनिकट र एकता प्रक्रियाबाट आएका रवीन्द्र मिश्र समूहलाई 'च्यापे'पछि आन्तरिक किचलो चर्किएको हो । 

संस्थापन विरोधी खेमाको नेतृत्व गर्ने भनिएका र क्यान्सर रोग उपचारार्थ हिजो दिल्लीबाट मुम्बई पुगेका महामन्त्री डा. धवलसमशेर राणाको पनि जिम्मेवारी खोसिएको छ । बिरामी परेर विदेशमा उपचार गर्न गएका उनलाई सङ्गठन विभाग प्रमुखबाट हटाएर लिङ्गदेनका आदरणीय  उपाध्यक्ष बुद्धिमान तामाङ्गलाई दिइएको छ । 

सांसद तथा महामन्त्री धवलसमशेर बिरामी भएर बिदेशमा उपचार गराउँदै हुनुहुन्छ, यस्तो बेला उहाँलाई सङगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो',

अध्यक्षको उक्त निर्णयप्रति पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका छन् । बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला जिम्मेवारीबाट हटाउने लिङ्गदेनको कदमलाई उनले अविवेकी र अमानवीय हर्कतको संज्ञा दिए । 

'राप्रपाका सांसद तथा महामन्त्री धवलसमशेर बिरामी भएर बिदेशमा उपचार गराउँदै हुनुहुन्छ, यस्तो बेला उहाँलाई सङगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो', लोहनीले भनेका छन्, 'बिरामी साथीलाई तनाव दिने काममात्र हो । यो निर्णयप्रति म दु:ख व्यक्त गर्दछु र असहमति  स्पस्ट गर्दछु । 

पूर्वपञ्चहरुको पार्टी राप्रपामा अहिले प्रष्ट दुई धार देखिएको छ । लोहनी, धवल,विक्रम पाण्डेलगायत पुराना नेताहरु एकातिर छन् भने अध्यक्ष लिङ्गदेनसहित रविन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायत पछिल्लो समय जोडिएकाहरु अर्को खेमामा छन् । 

अध्यक्ष लिङ्गदेनलाई सघाएकै कारण मिश्रलाई राजनीतिक विभाग प्रमुख बनाएर महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
 

टिप्पणीहरू