जोखिमपूर्ण यात्रामा नेपालीको पनि खतरामै छ ज्यान

जोखिमपूर्ण यात्रामा नेपालीको पनि खतरामै छ ज्यान

'तल्लो बाटो' हुँदै अमेरिका जान लागेकाहरुमाथि ग्वाटेमाला छिर्नै लाग्दा भएको गोली प्रहारबाट ६ जना मारिएका छन् । 

ट्रकमा लुकेर जाँदै गरेका ३६ आप्रवासीमाथि अस्ति राति मेक्सिकन सेनाले गाेली प्रहार गरेको थियो । तीमध्ये चार जनाको घटनास्थल र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । 

अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार ट्रकमा इजिप्सियन,नेपाली, क्युबाली,भारतीय,पाकिस्तानी र खाडी मुलुकका नागरिक थिए । घाइतेमध्ये केही नेपाली पनि रहेको बताइएको छ । त्यस्तै,भारतीय र पाकिस्तानी नागरिक पनि घाइते भएका छन् । 

विभिन्न देशका नागरिकहरु पानामा,कोस्टारिका, निकारागुवा,होन्डुरस,ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिर्ने गरेका छन् । तर, यो रुट निकै जोखिमपूर्ण मानिन्छ ।

टिप्पणीहरू