अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आक्रमणको तयारी, अफगानीको घरमा अत्याधुनिक हतियार र गोलाबारुद

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आक्रमणको तयारी, अफगानीको घरमा अत्याधुनिक हतियार र गोलाबारुद

आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका दिन इस्लामिक स्टेटको नाममा हमला गर्ने योजना बनाएको आरोपमा अमेरिकामा एक अफगान नागरिक पक्राउ परेका छन् । ओक्लाहोमा सहरमा बस्दै आएका २७ वर्षीय नासिर अहमद तौहेदीलाई निर्वाचनको समयमा आक्रमण गर्ने योजना बनाएको आरोपमा नियन्त्रणमा लिइएको एफबीआईका निर्देशक क्रिस्टोफर रेले जानकारी दिएका छन् । 

त्यसका लागि तौहेदीले हतियार जम्मा पार्न थालेको र परिवारको सम्पत्ति बेच्न लागेको बताइएको छ । आरोपित अफगान नागरिकले इस्लामिक स्टेटको प्रचार गरेको र आइएसका लागि चन्दा दिएको एफबीआईको अनुसन्धानबाट खुलेको छ । गुगल रेकर्डको आधारमा उनले वासिंगटनका सिसी क्यामेरा, ह्वाइट हाउस र वासिंगटनको स्मारक देखाउने वेबक्यामलाई समेत तौहेदीले लामो सयमदेखि निगरानी गरेको पाइएको हो ।

उनले गोप्य रुपमा एके ४७ असल्ट राइफल, अन्य हतियार र गोला बारुद खरिद गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तौहेदीले आत्मघाती हमलाको योजना बनाएको संकेत प्रहरीले प्राप्त गरेको छ ।

टिप्पणीहरू