जताततै खसीबोका

जताततै खसीबोका

दशैँलाई विशेषगरी मासु खाने चाडका रूपमा लिइन्छ । त्यसैले दशैँमा खसीबोका, च्याङ्ग्रा बढी खपत हुने गर्दछ । यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेको संख्या निकै देखिन्छ । 

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी, बोकाहरु काठमाडौंमा ल्याइएको छ । भेडा च्याङ्ग्रा पनि बिक्रीका लागि राखिएको छ । तर, प्राकृतिक विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा यसवर्ष काठमाडौँमा उल्लेख्य मात्रामा खसीबोका उपलब्ध नभएको व्यापारीहरुले बताएका छन् । 

दशैँ लागेसँगै काठमाडौंको भृकुटीमण्डप, बबरमहल, कलंकीस्थित खसी बजार, खाद्य व्यापार कम्पनीका खसीबोका धमाधम किनबेच भइरहेको छ । भोलिसम्मै यो क्रम जारी रहन्छ । 

विगतको तुलनामा यो वर्ष कम बिक्री भएको व्यापारीहरुको भनाई छ ।

तस्बिरहरु

टिप्पणीहरू