एमाले ठाउँ सरेको सर्यै

एमाले ठाउँ सरेको सर्यै

एमालेले आज नयाँ केन्द्रीय कार्यालय भवनको शिलान्यास कार्यक्रम राखेको छ । मध्यान्ह १२ बजेको साइतमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर २,घडेरीमा मदन भण्डारी स्मृति भवनको शिलान्यास गर्नुहुने  छ ।

१० रोपनी क्षेत्रफलको उक्त स्थान कलंकीको तीनथाना नजिकै चन्द्रागिरी नगरपालिकाको सीमानामा पर्छ । २०७२ को महाभूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमाले कार्यालय धुम्बाराही,थापाथली हाइट हुँदै ललितपुरको च्यासलमा भाडामा सञ्चालन गरिएको छ ।

नयाँ भवनको अनुमानित लागत र विस्तृत विवरणबारे केही बताइएको छैन ।

टिप्पणीहरू