बालुवाटारमा विपी राजमार्गको पुनर्निमाणबारे छलफल

बालुवाटारमा विपी राजमार्गको पुनर्निमाणबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह भएको भेटमा हालैको बाढी, पहिरोले विपी राजमार्गमा पुगेको क्षतिबारे छलफल भएको बताइएको छ । 

प्रधानमन्त्रीको सचिवालयले उक्त राजमार्ग पुनः निर्माणमा जापानी सहयोगका बारेमा छलफल भएको जनाएको छ ।

१६० किलोमीटर लामो उक्त राजमार्ग जापानले दुई दशक लगाएर बनाएपछि सन् २०१५ मा नेपाल सरकरालाई हस्तान्तरण गरेको थियो । सडक निर्माणमा जापानले २६ करोडभन्दा बढी जापानी येन खर्च गरेको जनाएको थियो ।

टिप्पणीहरू