निगमले तिर्यो छ अर्ब बढी ऋण
नेपाल वायुसेवा निगमले चार वटा ठूला विमान खरिद गरेको समयमा लिएको ऋणको किस्ता बुझाएको छ । निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको जानकारी दिएको छ ।
निगमका अनुसार दुई न्यारोबडीको गत असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ ।
पछिल्लो व्यवस्थापनले नेतृत्व सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ भुक्तानी गरिएको बताइन्छ । कोरोना महामारीपछि निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले त्यसबेलाको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरिदिन निगमले आग्रह गरेको छ ।
साथै, किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाइएको पनि निगमले जनाएको छ । निगमका ती विमान अन्तर्राष्ट्रिय उडानमा सञ्चाालनमा छन् ।
टिप्पणीहरू