दक्षिण कोरिया ‘शत्रु राष्ट्र’ घोषित, आणविक हतियार प्रयोगको चेतावनी

दक्षिण कोरिया ‘शत्रु राष्ट्र’ घोषित, आणविक हतियार प्रयोगको चेतावनी

उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रु राष्ट्र’ को संज्ञा दिएको छ । गत साता संविधान संशोधन गरेर उत्तरको संसद्ले संविधानमा नै दक्षिणलाई शत्रुको दर्जा दिएको बताइन्छ । 

यसअघि गत जनवरीमा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियालाई देशको मुख्य शत्रु घोषणा गर्नुपर्ने बताएका थिए । उत्तर कोरियाको सार्वभौमसत्ता जोगाउन पनि संविधान संशोधन आवश्यक रहेको उनको भनाई थियो ।

उत्तर कोरियाले हालैका दिनमा दक्षिण कोरियासँग जोडिएका सडक र रेल मार्गलाई ध्वस्त पारेर सीमासम्मको आन्तरिक पहुँचलाई निस्तेज पारेको छ ।

यसैबीच उत्तरले दक्षिण कोरिया र अमेरिकासँगको सम्भावित द्वन्द्वमा आणविक हतियार प्रयोगको चेतावनी दिएको छ ।

टिप्पणीहरू