दक्षिणकाली–हेटौंडा सडक बन्द, काठमाडौंबाट जानेलाई खुला

दक्षिणकाली–हेटौंडा सडक बन्द, काठमाडौंबाट जानेलाई खुला

मकवानपुरबाट कुलेखानीको छेउ हुँदै काठमाडौं जोड्ने फाखेल र सिस्नेरी सडकखण्ड बन्द भएको छ । इन्द्रसरोबर गाउँपालिका–२, सिमखोलामा सडक मर्मत तथा ह्युमपाइप हाल्ने काम भएकाले आगामी तीन दिनका लागि बन्द गरिएको छ ।

तर, काठमाडौंबाट आउनका लागि एकतर्फी बाटो खुला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वैकल्पिक बाटोको रुपमा हेटौंडा–भैसे–पालुङ–काठमाडौं र कान्तिलोकपथ–हेटौंडा–डिङ्गन–काठमाडौं रुट प्रयोग गर्न पनि अनुरोध गरिएको छ । 

जारी सूचनामा भनिएको छ, ‘मकवानपुर ईन्द्रस्वरोवर गाउँपालिका २, सिमखोलास्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइ रहेको हुनाले उक्त मर्मत कार्य तीन दिन लाग्ने भएकोले हेटौंडाबाट कुलेखानी फाखेल, सिस्नेरी हुँदै काठमाडौ जाने सडक बन्द हुने जानकारी गर्दछौं । तर, काठमाडौबाट आउनको लागि एकतर्फी बाटो खुल्ला रहेको छ । वैकल्पिक बाटोको रुपमा हेटौंडा भैंसे पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिगन हुँदै काठमाडौ रुट प्रयोग गर्न हुन अनुरोध छ ।’

टिप्पणीहरू