रविका समर्थकहरु चर्का नारा लगाउँदै बानेश्वरतर्फ

रविका समर्थकहरु चर्का नारा लगाउँदै बानेश्वरतर्फ

रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेको विरोधमा माइतीघरमा भेला भएकाहरु नयाँ बानेश्वर गएका छन् । राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता लेखिएको ब्यानर, नेपालको झण्डा र प्लेकार्ड बोकेका रास्वपा नेता तथा कार्यकर्ताले चर्का नारा लगाएका छन् । 

माइतीघर मण्डलाबाट बबरमहल, बिजुली बजार हुँदै बानेश्वरमा गएर कोण सभा गर्न लागेका उनीहरुले भ्रष्ट सरकार मुर्दावाद, केपी चोर देश छोड, सहकारी पीडितलाई न्याय दे, सहकारी पीडितको ८७ अर्ब खोई ?, भाटभटेनी सरकार मुर्दावादलगायत नारा लगाएका छन् ।

टिप्पणीहरू