कोलम्बोबाट आएका यात्रुको झोलाभरी गाँजा

कोलम्बोबाट आएका यात्रुको झोलाभरी गाँजा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सात किलो गाँजा बरामद भएको छ । श्रीलंकाबाट आएका भारतीय यात्रुले लगेजभित्र लुकाएर राखेको उक्त परिमाणको गाँजा भन्सारका कर्मचारीले बरामद गरेका हुन् । 

आज मध्याह्न १२ बजे श्रीलंकन एयरलाइन्सको युएल-१८१ उडानमार्फत कोलोम्बोबाट काठमाडौँ आएका भारतीय नागरिक तिलक प्रसाद शर्माको लगेजमा गाँजा फेला परेको विमानस्थल प्रहरीले जनाएको छ । भन्सारको रि-चेक एरियामा चेकजाँच गर्दा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जनाइएको छ । 

प्रहरीका अनुसार तिलकलाई पक्राउ गरी थप अनुसन्धानको लागि नेपाल प्रहरीको लागूऔषध अनुसन्धान  ब्युरोको टोलीलाई बुझाइएको छ । उनी बैंककबाट कोलम्बो हुँदै नेपाल आएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू