साँझ क्याविनेट बस्दै, अध्यादेश आउनसक्ने चर्चा
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ पाँच बजे बस्नगरी बैठक बोलाइएको हो । आजको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनसक्ने सम्भावनाको चर्चा छ ।
संसद्को यहि कार्यकालमा एमालेलाई पहिलो पार्टी बनाउन नेकपा एकीकृत समाजवादीलगायत साना दल विभाजनका लागि अनुकूल हुनेगरी अध्यादेशमार्फत ऐन संशोधन गर्ने प्रधानमन्त्री ओलीको योजना छ । तर, सत्ता साझेदार नेपाली कांग्रेसको समर्थन नहुँदा सरकारले अध्यादेश जारी गर्न सकेको छैन ।
तर, प्रधानमन्त्री ओली अध्यादेशबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा हुनुहुन्छ । हिजो साँझ बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको थियो । भेटमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनेबारे कुराकानी भएको बुझिएको छ ।
कांग्रेसको जोडबलमा रास्वपा सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गरेको र एमालेको शर्तमा कांग्रेसले अध्यादेश ल्याउन सहमति दिनेगरी दुई दल अघि बढेको विश्लेषण भैरहेको छ ।
टिप्पणीहरू