तिहारको संघारमा माटोको पाला बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

तिहारको संघारमा माटोको पाला बनाउन भ्याइनभ्याइ (फोटो फिचर)
सुन्नुहोस्

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार संघारमा आइसकेको छ । उज्यालो र प्रकाशको पर्व तिहारमा माटाको पालाहरु निकै खपत हुन्छ । 

तिहार नजिकिएसँगै भक्तपुरका कुमालहरुलाई पाला बनाउन भ्याइनभ्याइ छ । काठमाडौं उपत्यकामा माटोका सामान लागि प्रख्यात मानिने भक्तपुरको पोट्री स्क्वायरमा पाला बनाउन कुमालहरु व्यस्त छन् । 

माटाका पाला बाह्रै महिना प्रयोगमा आउने भएपनि तिहारमा ह्वात्तै माग बढ्ने उनीहरु बताउँछन् । पछिल्ला केही वर्षयता तिहारमा झिलिमिलि बनाउने बिजुली बत्ती आएपनि पालाको प्रयोग भने घटेको छैन । 

पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । अहिले सामान्य पाला प्रति दर्जन ४० रुपैयाँमा किनबेच हुन्छ ।

तस्बिरहरु

टिप्पणीहरू