पार्टी निर्णयविरुद्ध एमाले कार्यकर्ता, भीम रावलको पक्षमा अछामबासी

पार्टी निर्णयविरुद्ध एमाले कार्यकर्ता, भीम रावलको पक्षमा अछामबासी
सुन्नुहोस्

डा. भीमबहादुर रावललाई स्पष्टीकरण सोध्ने निर्णयविरुद्ध एमाले कार्यकर्ता विरोधमा उत्रिएका छन् । 

भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङसँग पार्टी कार्यालय भवन बनाउन जग्गादान लिएको विषयमा फरक मत राखेपछि उनलाई एमालेले स्पष्टीकरण सोधेको छ । पार्टीको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै रावलको गृहजिल्ला अछामका एमाले कार्यकर्ताले आज साँफेबगरमा प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरुले पार्टी नेतृत्वविरुद्ध चर्का नाराबाजी गर्दै स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन माग गरे । पार्टीको झण्डासहित प्रदर्शनमा उत्रिएका कार्यकर्ताले ‘भीम रावल जिन्दावाद’, ‘भीम रावलविरुद्धको चेतावनी फिर्ता ले’, भूमाफिया होसियार’, ‘नेकपा एमाले जिन्दावाद’ जस्ता नारा लगाएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीको दपेटाईले कर्नरमा पारिएका डा रावलले सामाजिक सञ्जालमार्फत व्यवसायीबाट जग्गा लिइएकोमा आपत्ति जनाएका थिए । पार्टीको निर्णयविपरीत बोलेको भन्दै हिजो बसेको एमाले सचिवालय बैठकले रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

उनीहरुमाथि अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ ।

 

 

टिप्पणीहरू