सरकारले गर्छु भनेका काम गरेको प्रधानमन्त्रीको दाबी

सरकारले गर्छु भनेका काम गरेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार सफलताउन्मुख रहेको दाबी गर्नुभएको छ । 

सरकारको सय दिनको उपलब्धि सुनाउँदै उहाँले गर्छु भनेका ७० प्रतिशत काम सम्पन्न भएको जिकिर गर्नुभयो । प्राकृतिक विपद् नआएको भए शतप्रतिशत काम सम्पन्न हुनेसमेत उहाँको दाबी  छ ।

‘प्रधानमन्त्री र मन्त्रीका बीच कार्यसम्पादन सम्झौता गर्‍यौं,’ ओलीको भनाइ छ, ‘सबै मन्त्रालयले पहिलो एक सय दिन र बाँकी अन्य समयमा गर्ने कामहरुको सूची बनायौं । पहिले सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ पुग्यो । तीमध्ये १८५ वटा कामहरु सम्पन्न भएका छन् ।'

बाढीपहिरो र डुबानलगायतका घटनाबाट ठूलो धनजनको क्षति भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले राहत र उद्धारका कामलाई प्राथमिकता दिएको बताउनुभयो । 

उखु र दुध किसानको रोकिएको भुक्तानी दिएको, हिउँदे बालीको रासायनिक मलको बन्दोबस्त गरेको विषयलाई पनि उहाँले सरकारको महत्वपूर्ण उपलब्धि भन्नुभएको छ ।

टिप्पणीहरू