माओवादीले ०८४ बाट एक्लै ०६४ फर्काउने !

माओवादीले ०८४ बाट एक्लै ०६४ फर्काउने !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने दोहोर्याउनु भएको छ । 

आज काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले विगतमा कांग्रेस,एमालेजस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताउनुभयो ।

माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरण गर्दै एक्लै चुनाव लडेर २०६४ परिणाम फर्काउने प्रचण्डको दाबी छ । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभोल्युसन’ हुने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’ 

आफू उमेरले ७० वर्ष पुगे पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उहाँले बताउनुभयो ।

टिप्पणीहरू