एमालेमा गुरु भट्टराईको अर्को अवतार

एमालेमा गुरु भट्टराईको अर्को अवतार
सुन्नुहोस्

सार्वजनिक पदमा बसेर सामाजिक सञ्जालमा जथाभावी लेख्नेमा कुनैबेला अग्रपंक्तिमा थिए,एमाले कार्यकर्ता गुरु भट्टराई । केपी शर्मा ओली अघिल्लोचोटी प्रधानमन्त्री हुँदा  सामाजिक सञ्जालबाट विपक्षीलाई खेद्ने मोर्चा नै सम्हालेका थिए उनले । 

त्यसवापत ओलीले उनलाई पुरस्कृत गर्दै रेल कम्पनीको महाप्रवन्धक बनाइदिए । प्रधानमन्त्रीको आशिर्वाद पाएर सार्वजनिक संस्थाको नेतृत्वमा पुगेका भट्टराई त्यसपछि पनि सम्हालिएनन् । एमाले र ओलीविरुद्ध बोल्नेमाथि सञ्जालमै झम्टिदै आक्रमणमा उत्रन्थे । नेकपाको अन्तरविरोध चर्किएको उक्त समयमा उनी सामाजिक सञ्जालबाट प्रचण्ड, माधव नेपाल,वामदेव गौतम,झलनाथ खनाल,भीम रावलहरुलाई तथानाम गाली गर्थे । 

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला सरकारले सोधेको स्पष्टिकरणको जवाफ नदिने भन्दै पत्रकार सम्मेलन नै गरेका थिए ।

"फेक आइडी बनाएर विदेशबाट 'गुड लक रवि दाइ' लेख्नेहरु मात्र हैन सरकारी सेवामा रहेका, समाजले बुद्धिजीवी मानेका र शिक्षण पेशामा रहेकाहरु पनि गुरु भट्टराई पथमा देखिन्छन्" 

तर,अहिले समय फेरिएको छ । त्यसबेला ओलीको बचाऊमा 'नाङ्गै' उत्रिने गुरु भट्टराई सञ्जालमा खासै देखिंदैनन् । साइबर सेना बनाएर खटिएका महेश बस्नेतहरु पनि सुस्ताएको देखिन्छ । रवि लामिछाने,बालेन साह र हर्क साम्पाङका समर्थकहरु गुरु भट्टराईलाई पनि छायाँमा पार्नेगरी आएका छन् । 

फेक आइडी बनाएर विदेशबाट 'गुड लक रवि दाइ' लेख्नेहरु मात्र हैन सरकारी सेवामा रहेका, समाजले बुद्धिजीवी मानेका र शिक्षण पेशामा रहेकाहरु पनि गुरु भट्टराई पथमा देखिन्छन् । त्यसमध्येका हुन्, संखुवासभाका विश्वरसिंह मेवाहाङ । मोरङको एक सरकारी स्कूलका स्थायी शिक्षक उनले सामाजिक सञ्जालबाट रवि लामिछानेका आलोचकमाथि चर्को निन्दा गर्दै आएका छन् । 

सार्वजनिक पदमा बसेर राजनीति गर्ने 'गाली सम्राट' उनी २४ घण्टा ट्विटर र फेसबुक मा देखिन्छन् । स्वभाविक प्रश्न उठ्छ- यस्ताले कतिबेला क्लास लेलान् अनि कस्ता विद्यार्थी उत्पादन गर्लान् ?

टिप्पणीहरू