सिक्किमका पूर्व मुख्यमन्त्री नेपालमा सम्मानित

सिक्किमका पूर्व मुख्यमन्त्री नेपालमा सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ,त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्छ भन्ने कीर्तिमान कायम राख्न आग्रह गर्नुभएको छ ।

विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व अहं रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले त्यसमा सहभागिताका लागि विश्वस्तरका स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारलाई सम्मान गर्नुभएको थियो ।

टिप्पणीहरू