चीनलाई विश्वसामु चिनाउने पर्खाल (फोटोफिचर)

चीनलाई विश्वसामु चिनाउने पर्खाल  (फोटोफिचर)
सुन्नुहोस्

चीनको महत्वपूर्ण पर्यटकीय स्थल रहेको ग्रेटवाल राजधानी बेइजिङबाट झण्डै ३ घण्टाको यात्रापछि पुगिन्छ ।

बिहान ८ बजे ढोका खुलेसँगै ग्रेटवाल चढ्न तथा अवलोकनका लागि चीनका स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्ने गर्छ। 

सन् १९८७ मा ग्रेटवाललाई युनेस्कोले विश्वसम्पदा सूचीमा समेत राखेको छ । ग्रेटवाललाई अन्तरीक्षबाट समेत देखिने बताइए पनि त्यो अझै सत्य सावित भएको छैन । 

उत्तरक्षेत्रको विशाल भागमा फैलिएको ग्रेटवालको चीनको एक अभूतपूर्ण वास्तुकलाको नमुना हो । घुमफिरमा रुची राख्ने विश्वभरका पर्यटकहरुका लागि ग्रेटवाल एउटा महत्वपूर्ण आकर्षणको केन्द्र बनेको छ । 

कैयौँ वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल भनिएको ग्रेटवाल  बनाउन लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएको बताइन्छ ।

आज उक्त  पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ ।

तस्बिरहरु


 

टिप्पणीहरू