लोसपाको प्रदेश अध्यक्षद्वारा कांग्रेसको कार्यक्रममा खटनपटन ?

लोसपाको प्रदेश अध्यक्षद्वारा  कांग्रेसको कार्यक्रममा खटनपटन ?
सुन्नुहोस्

पदीय जिम्मेवारी के हो थाहा नभएपछि समस्या हुँदो रहेछ । उहाँलाई पार्टी के हो भन्ने नै थाहा भएन,लहडमा सांसद भइहाल्नुभयो, मन्त्री पनि बनिहाल्नुभयो । तर पार्टी, नीति र सिद्धान्त के हो थाहै छैन , कहाँ जान हुन्छ,कहाँ जान हुँदैन थाहै छैन ।"

प्रदेश अध्यक्ष सन्तोषकुमार पाण्डे नेपाली कांग्रेसको कार्यकर्ताभन्दा एक कदम अगाडि बढेर हिंडेपछि लोसपाका नेता,कार्यकर्ताले उनमा राजनैतिक नैतिकता हराएको भन्न थालेका छन् । 

विगतमा लुकीछिपी कांग्रेसका नेता, कार्यकर्ता सहभागी कार्यक्रममा जाने गरेका उनी हिजो शनिवार भने कांग्रेसको आन्तरिक कार्यक्रममा खुलेआम सहभागी भएका छन् । 

नेपाली कांग्रेस नगर कार्यसमिति सिद्धार्थनगर रुपन्देहीद्वारा भैरहवाको दरबार बैँक्वेटमा आयोजित भेला एवं सम्मान कार्यक्रममा उनी मन्चमा अतिथिको रुपमा मात्रै बसेनन् बरु कार्यक्रममा कांग्रेसी नेताले झैं भाषणै गरिदिए ।

पाण्डे गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसको सहकार्यमा प्रदेश सांसद निर्वाचित भएका हुन् । तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण र उनी संघ र प्रदेशका उम्मेदवार थिए। खाँण राप्रपा नेता दीपक बोहरासँग पराजित भए भने पाण्डेले हाल अशोक राई समूहका नेता महेन्द्र यादवलाई पराजित गरे । खाँणकै जोडबलमा जितेका पाण्डे यतिबेला पार्टी फरक भएता पनि खाण उनी सहभागी हुने कांग्रेसको हरेक कार्यक्रममा नछुटाइकन विमानस्थलमा रिसिभ गर्न जाने,स्वागत गर्ने, हरेक कार्यक्रममा सहभागी हुने गरेका छन् । भुटानी शरणार्थी काण्डमा मुछिएपछि खाँणको प्रमुख आतिथ्यतामा गृह नगरमा आयोजित हिजोको कार्यक्रम पहिलो हो । 

प्रदेश सांसदका सम्भावित पात्रहरु ओमकुमार श्रेष्ठलाई पार्टीले थामथुम पार्न जिल्ला सदस्य मनोनित गरेता पनि अहिलेसम्म केन्द्रीय कमिटीलेउनको कारबाही फुकुवा गरेको कारबाही फुकुवा नभएसम्म उनी उम्मेदवार बन्न पाउँदैनन् । यसैगरी अर्का पात्र सुशील गुरुंग पनि सकेसम्म समानुपातिक जाने सोचमा छन् । देवी चौधरी समानुपातिकबाट सांसद भइसकेका छन् ।

 

टिप्पणीहरू